कांग्रेसलाई उपनिर्वाचनको उम्मेदवार छान्न सकस, आज पनि बैठक

काठमाडौं । बैशाख १५ मा हुने उपनिर्वाचनका लागि एमाले, रास्वपालगायत अन्य दलले उम्मेदवारी घोषणा गरेर प्रचारमा लागेका छन्। तर नेपाली कांग्रेसले भने अझैसम्म उम्मेदवारकै टुंगो लगाउन सकेको छैन। उम्मेदवार छान्न सोमबार र मंगलबार दिनभर सभापति शेरबहादुर देउवाले पार्टीभित्र नेताहरूसँग छलफल गरिरहेका छन्। तर सहमति जुटेको छैन। कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा नेताहरूबीच मतभेद भएको छ।…