बढ्दो सहरीकरणले भूकम्पीय जोखिम पनि बढायो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भौगोलिक अवस्थितिका कारण नेपाल उच्च भूकम्पीय जोखिममा रहेको उल्लेख गर्दै बढ्दो सहरीकरणले जोखिमलाई झन् बढाएको बताएका छन्। उनले भूकम्पलाई न्यूनीकरण गर्ने प्रभावकारी उपायको अवलम्बन गर्न र सुरक्षात्मक उपायसम्बन्धी प्रभावकारी जनचेतना फैलाउन सरोकारवालाको ध्यानाकर्षण समेतगराएका छन्। गोरखा भूकम्पको नवौं स्मृति दिवसमा आज एक सन्देश जारी गर्दै पौडेलले भूकम्प र त्यसपछिका परकम्पमा…