कांग्रेसप्रति गृहमन्त्री आक्रमक : भने– ‘राति प्रधानमन्त्री बन्दिनुहोस् भन्ने दिउँसो सदनमा उफ्रिने’

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले सत्ताबाट बाहिरिएको पीडा लुकाउन नजानेर आफूमाथि लगातार प्रहार गरिरहेको आरोप लगाएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा आफ्नो कुरा राख्दै उनले कांग्रेसले सत्ताबाट बाहिरिएको पीडा लुकाउन नजानेको सिकारु जस्तो व्यवहार गरेको बताए। लामो रस्साकस्सीपछि सदनमा बोल्न पाएका लामिछाने प्रतिपक्षी दलप्रति आक्रमक देखिए। उनले भने, ‘संसदीय छानबिन समितिबाट म…