सिड्नीमा यस्तो भयो ‘एभरेष्ट डे’

सिड्नीमा यस्तो भयो ‘एभरेष्ट डे’


मेलबर्न अष्ट्रेलिया ।

अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा ‘एभरेष्ट डे’ मनाइएको छ। फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएसन अफ अष्ट्रेलिया (फेन्का) को आयोजनामा आइतबार सिड्नीको डरकुक पार्क डोलस् पोइन्टमा विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय ‘एभरेष्ट डे’ मनाएको हो। 

संसारकै सबैभन्दा उच्च शिखर सगरमाथा नेपालमा रहेको र प्राकृतिक रुपलेसमेत नेपाल आकर्षक देशको रूपमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउँदै पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यका साथ फेन्काले ‘एभरेष्ट डे’ मनाएको न्यू साउथ वेल्स राज्यका संयोजक बिष्णु हमालले केबीसी खबरलाई जानकारी दिए। विश्वमा बढ्दो जलवायु परिवर्तनको कारण परिवर्तित हिमाल र हिमनदी बचाउ भावनासँगै नेपाललाई चिनाउने सगरमाथा र साहसी आरोहीहरूको सम्झनामा फेन्काले अष्ट्रेलियाका अन्य राज्यमा पनि  ‘एभरेष्ट डे’ मनाइएको उनले बताए। 

फेन्कामा आबद्ध न्यू साउथ वेल्सका ४० बढी सामाजिक सदस्य संघ(संस्थाहरुको उपस्थितिमा कार्यक्रम गरिएको उनले केबीसी खबरलाई जानकारी दिए। बिहान १० बजेबाट सुरु भएको कार्यक्रममा दिउँसो एक बजेसम्म चलेको उनले बताए। इन्द्रा बनको अध्यक्षता भएको औपचारिक कार्यक्रममा गैर आवासीय नेपाली संघ  (एनआरएनए)  अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, डा नारायण प्रधानलगायत न्यू साउथ वेल्सका सामाजिक अगुवाहरूले धारणा राखेका थिए। कार्यक्रममा तेन्जिङ नोर्गे शेर्पाका नाति सोनम चिरिङ शेर्पाले पनि कार्यक्रममा सहभागिता जनाएको उनले बताए। 

खासमा  ‘एभरेष्ट डे’ मे २९ मा मनाइन्छ, तर यो पटक २९ मा बिदा नभएकाले बिदाको अपसर पारेर २६ मै  ‘एभरेष्ट डे’ मनाएको हौँ उनले भने। औपचारिक कार्यक्रम सकिएपछि बार्बिक्यु गरेर कार्यक्रमको समापन गरिएको थियो। सन् १९५३ मे २९ तारिखमा तेन्जिङ नोर्गे शेर्पा तथा सर एडमण्ड हिलारीले पहिलो पटक सफल आरोहण गरेको दिनलाई ‘एभरेष्ट डे’को रूपमा मनाइने गरिन्छ।