‘पूर्ण बहादुरको सारङ्गी’मा अञ्जना अनुबन्धित

‘पूर्ण बहादुरको सारङ्गी’मा अञ्जना अनुबन्धित


काठमाडौं ।

सेभेन सिजसिनेमाको प्रस्तुतीमा निर्माण हुन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेत्री अञ्जना बराइली अनुबन्धित भएकी छन्। यस अघि फिल्ममा गायक तथा कलाकार प्रकाश सपुत, मुकुनभुषाल, विनोद न्यौपाने, भोलाराज सापकोटा र देश भक्त खनाल अनुबन्धित भइसकेका छन्।

फिल्मका निर्माता विनोद पौडेलका अनुसार फिल्म जेठ २१ गतेबाट छायांकनमा जानेछ। सरोज पौडेलको लेखन तथा निर्देशक रहने फिल्मले मौलिक कथालाई उठान गर्ने निर्माण पक्षको दाबी छ।

फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ। रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन्। महेश दवाडीको पट कथा तथा संवाद रहन फिल्ममा प्रशान्त शिवाकोटीको संगीत रहने छ। फिल्म आगामी वर्ष रिलिज हुनेछ।