तास्मानियाको होबार्टमा पहिलो पटक लाइभ दोहोरी हुँदै

तास्मानियाको होबार्टमा पहिलो पटक लाइभ दोहोरी हुँदै


तास्मानिया अष्ट्रेलिया ।

तास्मानियाको होबार्टमा लाइभ दोहोरी हुने भएको छ। बि एण्ड बी र दिदीबहिनी इभेन्टले जुन ७ तारिख होबार्टमा लाइभ दोहोरी सांगितिक कार्यक्रमको आयोजना गरेको हो। शुक्रबार साँझ ५ बजेबाट दि चोक नेप्लिज फस्ट पप होबार्टमा लाइभ दोहोरी कार्यक्रम हुने लोक दोहोरी प्रतिष्ठान अष्ट्रेलियाकी वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष बिन्दु पौडेलले जानकारी दिइन्। 

होबार्टमा हुने लाइभ दोहोरीका लागि कलाकारहरू रमेश बिजी, गणेश गुरुङ, दिपकराज विश्वकर्मा, आवृत्ति भुसाल, शोभा कार्की, कोपिला मगर, गायक तथा संगितकार रोशन रेग्मी र गोविन्द मधुर आचार्य होबार्ट आउने उपाध्यक्ष पौडेलले जानकारी दिइन्।  

नेपाली कला सांस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ आयोजना गरेको उक्त लाइभ दोहोरी कार्यक्रममा प्रवेश शूल्क १५ अष्ट्रेलियन डलर निर्धारण गरिएको उनको भनाइ छ। विशुद्ध सांगीतिक कार्यक्रम भएकाले तास्मानियावासी नेपाली लोक संगितलाई माया गर्ने सबैलाई सहभागिता जनाइदिन उनले अनुरोध गरेकी छन्। 

तास्मानियामा अरू कार्यक्रम भइराखेका हुन्छन्। हामीले केही फरक शैलीको कार्यक्रम गर्ने प्रयास गरेको छौँ, उनले भनिन्। इनटैक्ट माइग्रेसन सर्भिस मुख्य प्रयोजन गरेको कार्यक्रमको मिडिया पार्टनर केबिसी खबर रहेको छ।