काठमाडौं । बागलुङ, स्याङ्जा र गुल्मीमा गएको पहिरोले घर पुरिँदा नौ जनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन्। गुल्मीको मालिका गाउँपालिका–६ कंडेल पाटास्थित भेषबहादुर बिकको घर पुरिँदा बिक परिवारका पाँचजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भेषबहादुर बिक, उनकी श्रीमती सुन्तली बिक, बुहारी सीता बिक, नातिनीद्वय सपना र विपना बिक रहेको जिल्ला प्रहरी कार्यालय…