सरकारका कानूनी सल्लाहकार पोखरेलले दिए राजीनामा

सरकारका कानूनी सल्लाहकार पोखरेलले दिए राजीनामा



काठमाडौँ । प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले नियुक्त गरेका महान्यायाधिवक्ता डा। दीनमणि पोखरेलले राजीनामा दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा। दीनमणि पोखरेलले महान्यायाधिवक्ताको पदबाट दिएको राजीनामा स्वीकृत गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्रीमार्फत महान्यायाधिवक्ता डा। पोखरेलले महान्यायाधिवक्ताको पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको जानकारी दिइन् ।

महान्यायाधिवक्ता डा। पोखरेलले सरकार परिवर्तन भएपछि राजीनामा दिएका हुन् । सामान्यतः प्रधानमन्त्रीले आफ्नो सल्लाहका लागि महान्यायाधीवक्ता तोक्ने चलन छ । सरकार परिवर्तनसँगै अर्को नयाँ प्रधानमन्त्रीको सल्लाहकारका रुपमा नयाँ आउने व्यक्तिलाई ठाउँ छोडिदिने प्रचलन छ ।

महान्यायाधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकार पद हो ।

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएपछि पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको थियो ।