ट्रम्पलाई गोली हानिएपछि बाईडेनले भने, एसल्ट राईफल प्रतिबन्ध गरौं !

ट्रम्पलाई गोली हानिएपछि बाईडेनले भने, एसल्ट राईफल प्रतिबन्ध गरौं !



न्यूयोर्क । अमेरिकाका राष्ट्रपति जो बाईडेनले असल्ट राईफल अमेरिकाभरि प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् । संसदले यस सम्बन्धी नीति बनाउनुपर्ने उनको मत छ । राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्पको असफल हत्या प्रयासमा प्रयोग भएको हतियार र यस्तैखाले राईफलहरुमा प्रतिबन्ध लगाउनुपर्ने उनको भनाई हो । बाईडनले भने, एआर १५ राईफल डोनाल्ड ट्रम्पको हत्याप्रयासमा प्रयोग भएको थियो । यस्तो एसल्ट राईफलकै कारण कैयौंको ज्यान गइसकेको छ । बालबालिका पनि यसमा परेका छन् । त्यसैे यी हतियारमा प्रतिबन्ध लगाउने बेला भयो । लास भेगासमा आयोजना गरिएको भेलामा उनले यस्तो धारणा राखेका हुन् ।
राष्ट्रपति पदका प्रतिस्पर्धीमाथि गोली प्रहार भएपछि बाईडेनको पनि अभियान रोकिएको थियो । अधिकांश कालाजातिका मानिसहरु उपस्थित भएको कार्यक्रममा उनले भने, कालोजातिमा बेरोजगारी दर अहिलेसम्मकै न्यून हाम्रै पालामा भएको हो । अफिकन अमेरिकनहरुमा बेरोजगारीको दर गतवर्ष जम्मा ४ दशमलब ८ प्रतिशत रहेको छ । सन् १९९४ मा पारित भएको एसल्ट राईफल प्रतिबन्ध लगाउने कानून सन् २००४ मा सकिएको थियो । यसैलाई इंगीत गर्दै बाईडेनले भनेका छन्, मैले पहिले पनि गरेको हुँ । यस पटक पनि गर्नेछु ।