माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सहकारीका बचतकर्ताको रकम ठगीमा मुछिएका काँग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसदसमेत रहेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई किन पक्राउ नगरेको भनी सरकारसँग प्रश्न गरेका छन् ।पार्टी सम्वद्ध पत्रकारको संस्था प्रेस सेन्टरले शनिबार गृह जिल्ला रोल्पाको लिवाङमा गरेको पत्रकार भेटघाटमा पुनले उस्तै आरोप लागेका गुरूङ र पोखरेललाई…