काठमाडौँ। एनआरएन अष्ट्रेलिया र बागमती प्रदेश हस्तकला संघ, नेपालबीचको सहकार्यमा सिड्नीमा नेपाली हस्तकला प्रदर्शनी मेला २०२४ आयोजना हुने भएको छ । नोभेम्बर १८ देखि दुई दिन सञ्चालन हुने उक्त मेलाका बारेमा एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । काठमाडौंमा भएको पत्रकार सम्मेलनमा अष्ट्रेलियाबाट अनलाईन माध्यमबाट संघका अध्यक्ष अनिल पोखरेल लगायतका पदाधिकारी सहभागी भएका थिए ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रदर्शनी सिड्नीको पारामाटामा हुनेछ । त्यसको एक सातापछि सिड्नीमा हुने नेपाल फेष्टिभलमा पनि हस्तकला प्रदर्शनी र बिक्री गरिने भएको छ ।
नेपाल फेष्टिभल र हस्तकला प्रदर्शनीमा सहभागी हुन ९ वटा कम्पनी सिड्नी आउँदैछन् ।
प्रदर्शनी र मेलामा धातुका सामानहरु, चांदीका गरगहनाहरु, पौभा थान्काहरु (चित्रकला), नेपाली हाते कागजका सामानहरु, ऊनी तथा फेल्टका सामानहरु, पश्मिनाका सामानहरु, माटो शेरामिक्सका सामान, नेपाली जुत्ता लगायत प्रर्दशनी गरिने भएको छ । छ बताइएको छ। प्रदर्शनीका लागि नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, बागमती प्रदेश सरकार, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, नेपाल, अष्ट्रेलियाको वाणिज्यदूतको कार्यालय, नेपाल पर्यटन बोर्डलगायत सहयोगी संस्थाका रुपमा रहेका छन् ।
प्रतिक्रिया