पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले रवि लामिछाने जेल नै गएपनि सभापति कायमै रहने बताएका छन् । विश्वभरिबाट रवि लामिछानेको सभापति पद के हुन्छ भन्ने जिज्ञासा आएको भन्दै उनले रवि लामिछाने नै सभापति रहने उनले दावी गरेका हुन् । उनले भने, उहाँको सभापति पद उहाँ निरन्तर जहाँ बस्नुहुन्छ । उहाँ नै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नुहुनेछ । कसले कार्यवाहक सभापति हुने भन्ने कुरा गौण भएको पनि उनले भने ।
जेलमा बसेको र निस्किएको भोलिपल्ट प्रधानमन्त्रीको कुर्सीमा बसेका उदाहरण समेत भएको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा भने दुई पटक भन्दा बढी सभापति हुन नपाउने व्यवस्था छ ।
राज्यले मानव अधिकारको हनन गरेको दावी गर्दै उपसभापतिले न्यायालयप्रतिको विश्वास भने कायमै रहेको बताए । पोखरामा आयोजना गरिएको आन्दोलनको क्रममा सम्बोधन गर्दै उनले केही दिनमा नै दोश्रो चरणको आन्दोलन घोषणा गर्ने पनि बताए ।
प्रतिक्रिया