लीलाबल्लभ अधिकारी प्रहरी नियन्त्रणमा, मानव अवैध ओसारपसारमा अनुसन्धान हुँदै

लीलाबल्लभ अधिकारी प्रहरी नियन्त्रणमा, मानव अवैध ओसारपसारमा अनुसन्धान हुँदै



काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा ९एमाले० का कोशी प्रदेश सांसद लीलावल्लभ अधिकारीलाई अनुसन्धानका लागि काठमाडौँ ल्याइएको छ।

आइतबार विराटनगर निजी निवासबाट पक्राउ गरी थप अनुसन्धानका लागि उनलाई काठमाडौँ ल्याइएको हो।

मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा उनलाई प्रहरीले बरगाछीस्थित निवासबाट पक्राउ गरेको थियो। जापान भ्रमण मन्त्रीपरिषद् द्वारा स्वीकृत नगराई आफूसँग असम्बन्धित मानिसहरू लिएर गएको आरोपमा उनी पक्राउ परेका हुन् । यसअघि भिडियो बनाएर आफुले अनुसन्धानमा सहयोग गर्न काठमाडौं जान लागको बताएका पूर्वमन्त्रीलाई प्रहरीले नियन्त्रणमा लिएपछि अब थप अनुसन्धानका लागि अदालतमा पेश गर्नेछ । यसअघि नै सोही प्रकरणमा जपानको अध्यागमनबाट डिपोर्ट गरिएका तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।