मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको बेरोजगारी दर जून महिनामा बढेर ४.१ प्रतिशत पुगेको छ। यसअघि मे महिनामा बेरोजगारी दर ४ प्रतिशत रहेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)ले बिहीबार प्रकाशित गरेको तथ्याङ्कले देखाएको छ। तथ्याङ्कअनुसार गत मे–जुन महिनाको बिचमा कार्यरत अस्ट्रेलियालीको सङ्ख्या ५० हजार २०० ले बढेको थियो। सोही अवधिमा बेरोजगार अस्ट्रेलियालीको सङ्ख्या पनि नौ हजार ७००…