मार्च ९ मा एडिलेडमा नेपाल फेस्टिवल हुँदै, तयारी तिव्र

मार्च ९ मा एडिलेडमा नेपाल फेस्टिवल हुँदै, तयारी तिव्र


एडिलेड ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) साउथ अस्ट्रेलियाको आयोजनामा एडीलेडमा पाँचौं नेपाल फेस्टिभल आयोजना हुने भएको छ। हरेक २ वर्षमा आयोजना हुने नेपाल फेस्टिभल यस वर्ष मार्च ९ मा एडिलेडको एल्डर पार्कमा आयोजना हुदैछ। कार्यक्रमको तयारी तिव्र गतिमा अगाडि बढेको बुधवार साझ एक पत्रकार सम्मेलन गरि आयोजकले बताएका छन । यहाँ रहेका नेपाली संघ संस्थाहरुको सहकार्यमा आयोजना हुन लागेको यस कार्यक्रम बिहान १० बजे बाट सुरु भै बिबिध कार्यक्रमहरु सहित बेलुका १० बजे सम्म चल्ने एनआरएनए साउथ अष्ट्रेलियाका उपाध्यक्ष तथा नेपाल फेस्टिवल व्यवस्थापन समिति संयोजक विनोद बानियाले बताए ।
कार्यक्रम सफल गराउनको लागी करिब १३ वटा उप(समितिहरु गठन गरिएको छ। नेपालको बहुसांस्कृतिक पहिचान झल्कने गरी पिंकी फ्ल्याट बाट परेड सहित सुरु हुने उक्त कार्यक्रमा दिउँसो साँस्कृतिक र औपचारिक कार्यक्रम हुनेछ भने साँझ राष्ट्रिय ख्याति प्राप्त गायक गायीकाहरूले आफ्नो प्रस्तुति प्रस्तुत गर्नेछ ।

बूमर्याबङ एजुकेशन सर्भिस र फ्लिन्डर्स युनिभर्सिटी मुख्य प्रायोजन रहेको “नेपाल फेस्टिभल एडीलेड २०२५ ” कार्यक्रमको मुख्य उद्देश्य भनेको नेपालको कला संस्कृति र पर्यटनसँग जोडिएको विविधतालाई अस्ट्रेलियन सामु प्रचार(प्रसार गर्ने, यहाँ हुर्कदै गरेको दोश्रो पुस्तालाई नेपाली रीतिरिवाजको बारेमा जानकारी दिने र यहाँ रहेका नेपाली व्यवसायहरूलाई समेत यहाँको बहुसांस्कृतिक समाजसँग चिनाउने रहेको एनआरएनए साउथ अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक संजय पुरीले बताए ।

नेपालको पर्यटनलाई समेत मध्यनजर गर्दै नेपालसँग रहेको पर्यटनको प्रशस्त संभावनाको बारेमा कार्यक्रम सहभागी हुने दर्शकहरु माझ प्रचार प्रसार गर्ने लक्ष्य रहेको एनआरएन साउथ अस्ट्रेलियाका संयोजक पुरीले बताए । कार्यक्रमलाई यहाँको राज्य सरकारले समेत अष्ट्रेलियन डलर तिस हजार सहयोग गरेको बताए ।

कार्यक्रममा नेपाली खानाका स्टल , व्यवसाय स्टल, नेपाल हाउस सहित नेपाली कला संस्कृति झल्कने सामग्रीहरु, हस्तकलाका सामग्रीहरु प्रदर्शन गरिने छ ।

कार्यक्रममा राजदुतावास, एनआरएनका केन्द्रिय पदाधिकारीहरु , स्थानिय कुटनीतिज्ञ , राजनीतिज्ञ, विभिन्न स्टेट बाट अतिथिहरूसँगै यहाँको बहुसांस्कृतिक समाजको उपस्थिति रहनेछ। कार्यक्रमको लागी नेपाल बाट कन्दरा ब्याण्ड , गायिका समीक्षा अधिकारी लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ। कार्यक्रमको सुरुवात नेपाली कला संस्कृति झल्किने झाँकी सहित बिहान १०स्३० बजे पिंकी फ्ल्याट बाट सुरु गरेर कार्यक्रम स्थल एल्डर पार्क सम्म पुग्ने छ। स्थानिय कलाकारहरुको समेत सांस्कृतिक प्रस्तुति सहित दिनभरी कार्यक्रमहरु रहनेछन्।

पत्रकार सम्मेलनमा बोल्दै मुख्य प्रायोजक मध्येको बुमर्याङ एजुकेशन सर्भिषका निर्देशक आशिष वाग्लेले आफु २०१५ मा एडिलेडमा आयोजित पहिलो नेपाल फेस्टिवल देखी सक्रिय रहेको बताउदै नेपाल र नेपाली चिनाउने यस पर्वमा सबै एडिलेड वासी नेपाली समुदायले आफ्ना गैर्ह नेपाली साथी मित्रहरुलाई आमन्त्रण गर्नु पर्ने बताए । सोहि अबसरमा एनआरएनए ओशियाना पुर्व सह संयोजक रमेश जोशीले बिगतका अनुभव सुनाउदै वर्तमान समितिलाई सुझावहरु दिएका थिए ।

सम्मेलनको संचालन एनआरएनए साउथ अष्ट्रेलियाका सचिव गणेश पराजुलीको संचालनमा भएको थियो ।