काठमाडौं, २६ असोज । मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट गमगढीका लागि छुटेको बस छायाँनाथ रारा नगरपालिका–७ पिनामा सडकबाट खस्दा २८ जनाको घटनास्थलमै र चार जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।…