राष्ट्रपतिबाट पाँच अध्यादेश जारी

राष्ट्रपतिबाट पाँच अध्यादेश जारी


काठमाडौं, २२ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले यौनजन्य हिंसा विरुद्धका केही ऐन संशोधन गर्ने तथा फौजदारी कसूर कार्यविधि सम्बन्धी ऐन संशोधन गर्ने लागयतका पाँच वटा अध्याधेश जारी गर्नुभएको छ ।
उहाँले सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, तथा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय ) पहिलो संशोधन अध्यादेश जारी गर्नुभएको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।