निर्वाचनमा भाग लिन राजीनामा दिनुपर्ने प्रावधान कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं, ८ चैत । सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनको आचारसंहिताविरुद्धको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मङ्गलबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आचारसंहिताको प्रावधान कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । साथै न्यायाधीश श्रेष्ठले अन्तरिम आदेशबारे छलफलका लागि बोलाउने आदेश गर्नुभएको छ ।सोमबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आचारसंहिताविरुद्ध…