सर्लाहीमा गोली प्रहार गरी भारतीयको हत्या

सर्लाहीमा गोली प्रहार गरी भारतीयको हत्या


काठमाडौं, २३ चैत । सर्लाही सदरमुकाम मलंगवामा बुधबार साँझ गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ । गोली कसले चलायो भन्ने खुल्न सकेको छैन । ्
मलंगवा नगरपालिका–९ कृष्णामति माध्यमिक विद्यालयको कम्पाउन्डको पूर्वी भागमा गोली चल्दा भारतको सितामढी जिल्ला, कन्हौली थाना बिशनपुर आधार पञ्चायतको अन्दाजी ३५ वर्षीय इन्दल महतोको ज्यान गएको प्रहरीले जनाएको छ । मलंगवा बजारबाट पूर्वतर्फ मोटरसाइकलमा जाँदै गरेको महतो माथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका महतोलाई प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।