सरकारका गलत क्रियाकलापले अर्थतन्त्र खतरामा परेको एमालेबाट बनेका पूर्व अर्थमन्त्रीहरूको आरोप

सरकारका गलत क्रियाकलापले अर्थतन्त्र खतरामा परेको एमालेबाट बनेका पूर्व अर्थमन्त्रीहरूको आरोप


काठमाडौं, २८ चैत । नेकपा एमालेले वर्तमान सरकारको गलत क्रियाकलापकै कारण देशको अर्थतन्त्र खतरामा रहेको आरोप लगाएको छ । पछिल्लो आर्थिक अवस्थाबारे काठमाण्डौमा पत्रकार सम्मेलन गरेर एमालेले सरकारले अझै पनि बदमासी गर्दै गएमा नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तै टाट पल्टने अवस्थामा पुग्ने जनाएको छ ।
कार्यक्रममा पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकारले निकै बुद्धि पु¥याउर अर्थतन्त्र जोगाउनुपर्नेमा गभर्नरलाई नै हटाउने काम गरेर ठूलो जोखिम निम्ताएको बताउनुभयो । अर्थमन्त्री जनार्दन शर्माले गभर्नरलाई आफू माताहतका कर्मचारीलाई जस्तै चलाउन खोजेको आरोप लगाउनुभयो ।
यस्तै पूर्व अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अर्थतन्त्र सुधारको काम गर्न खोज्दा खोज्दै गभर्नरलाई हटाउन खोजेर सरकारले आफ्ना स्वार्थ पूरा गर्न खोजेको बताउनुभयो । रुस–युक्रेन युद्धका कारण संसारका धेरै देशले निकै सुझबुझ ढङ्गबाट काम गरिरहेको अवस्थामा नेपालको सरकार पटक्कै गम्भीर नरहेको उहाँको भनाइ छ । विदेशी विनिमय सञ्चितिको अवस्था, बढ्दो व्यापार घाटा, पुँजीगत खर्च, मूल्य वृद्धि लगायतका हरेक सूचक हेर्दा अर्थतन्त्र निकै समस्यामा पुग्न सक्ने सङ्केत देखिएकोले बेलैमा सरकारले उचित निर्णय लिनुपर्ने उहाँले बताउनुभयो ।
यस्तै पूर्व अर्थमन्त्री युवराज खतिवडाले यो सरकारको गठन भएदेखि नै अर्थतन्त्रलाई गलत ढङ्गले चलाउन खोज्दा अवस्था बिथोलिएको आरोप लगाउनुभयो ।