सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु

सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु


काठमाडौं, २६ चैत । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्राको सुरु भएको छ । सेतो मच्छिन्द्रनाथको रथयात्रा प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गको तीनधारा पाठशालाबाट सुरु हुन्छ ।
रथयात्रा अगाडि काठमाडौं इन्द्रचोकमा रहेको केलटोलको मन्दिरबाट देवताको मूर्ति खटमा राखेर दरबारमार्गमा पुर्याइएको थियो । यसरी लगिएको मूर्तिलाई खटमा राखेर रथयात्रा सुरु हुँदै आएको छ ।
रथलाई दरबारमार्गको तीनधारा पाठशालाबाट तानेर असनमा पुर्याइएको छ । रथलाई सहरको भित्री भागमा तीन दिनसम्म घुमाउने गरिन्छ । सेतो मच्छिन्द्रनाथको रथलाई असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छिन्द्रबहाल लगेर अन्त्य गर्ने चलन छ । यो यात्रा भएपछि वर्षा र सह हुने धार्मिक विश्वास रहेको छ ।