गुञ्जिरहेछ ‘सपना भुलाई सारा…’

काठमाडौं । वरिष्ठ गायक, संगीतकार तथा गीतकार योगेश वैद्यले ७७ बर्षको उमेरमा विहीबार राति सँधैका लागि आँखा चिम्लिए। नेपाली सुगम संगीतका मुर्धन्य स्रष्टा बैद्य जीवनको अन्तिम कालसम्म गीत गुनगुनाउन चाहन्थे तर एक्कासी आएको ज्वरो र रुघाका कारण उनको शरीरले विश्राम लियो। उनी सँधैका लागि अलप भए। तर शुभेच्छुकहरु योगेशको महाप्रस्थानपछि ‘सपना भुलाई सारा आँसु लिएर…