एएफसी एसिया कप : अस्ट्रेलिया क्वाटरफाइनलमा

एएफसी एसिया कप : अस्ट्रेलिया क्वाटरफाइनलमा


काठमाडौं ।

एएफसी एसिया कप फुटबलमा अस्ट्रेलिया क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा जारी प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा इन्डोनेशियालाई ४– ० गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो।

सेमिफाइनल प्रवेशका लागि अस्ट्रेलियाले साउदी अरेविया र दक्षिण कोरियाबीचको विजेतासँग खेल्ने छ। अस्ट्रेलियाले अग्रता भने आत्मघाती गोलबाट लिएको हो। इन्डोनेशियाका एल्कन बागोटले आफ्नै पोस्टमा गोल गरेपछि अस्ट्रेलियाले १२ औं मिनेटमा अग्रता लियो।

४५ औं मिनटमा मार्टिन बोएलले गोल गर्दै पहिलो हाफमा अस्ट्रेलियालाई २–० को अग्रता दिलाए। ८९ औं मिनेटमा क्रेग गुडवीनले गोल गर्दै ३–० ले अघि बढाएका थिए भने दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा हेरी साउटरले गोल गरेपछि अस्ट्रेलिया ४–० को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो।