इंग्लिस प्रिमियर लिग : क्रिष्टल प्यालेसमाथि आर्सनलको शानदार जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शानदार जितका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। शनिबार भएको खेलमा आर्सनलले क्रिष्टल प्यालेसमाथि ५–० गोलको एकतर्फी जित निकालेको हो। आर्सनललाई जिताउन ग्याब्रिएल मार्टिनेलीले २ गोल गर्दा लियोनार्दो ट्रोसान्ड र गेब्रियल मेगहेल्सले एक एक गोल गरे। एक गोल भने उपहार पाएको थियो। ११ औं मिनेटमा गेब्रियल मेगहेल्सले गोल…