‘हात्तीछाप’ नेपालसहित विश्वभर एकसाथ, अष्ट्रेलिया अधिकार एमएसएम र रोटेपिङ इन्टरटेन्मेन्टलाई

‘हात्तीछाप’ नेपालसहित विश्वभर एकसाथ, अष्ट्रेलिया अधिकार एमएसएम र रोटेपिङ इन्टरटेन्मेन्टलाई


काठमाडौं ।

फिल्म ‘हात्तीछाप’ नेपालसहित विश्वभर यही माघ २६ गतेबाट एकसाथ रिलिज हुने भएको छ। फिल्मको अन्तर्राष्ट्रिय वितरणको जिम्मा लिएको एमएसएम इन्टरटेन्मेन्टले माघको २६ अर्थात फ्रेबुअरी ९ तारिखबाट नै विश्वभर रिलिज हुने जानकारी दिएको हो।

फिल्मलाई अष्ट्रेलियामा एमएसएम इन्टरटेन्मेन्ट र रोटेपिङ इन्टरटेन्मेन्टले मिलेर फिल्म रिलिज गर्दैछन्। अमेरिका र क्यानडामा यात्री डिजिटलले रिलिज गर्दैछ। यूरोपका सम्पूर्ण देशमा फिल्मलाई नेपाली मुभी टाइम डेनमार्कले रिलिज गर्ने पक्का भएको छ।

मध्यपूर्वका देशमा फिल्मलाई सुप्रिम फिल्म प्रोडक्शन एन्ड डिस्ट्रिब्यूसन कम्पनीले रिलिज गर्ने पक्का भइसकेको छ। दक्षिण कोरिया र जापानमा फिल्मलाई यूएनए इन्टरटेन्मेन्टले रिलिज गर्दैछ।

सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्ममा किरण नेपालीको प्रस्तुती छ। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, वुद्धि तामाङ, विल्सन विक्रम राईलगायतका कलाकारको अभिनय छ।