प्रिमियर लिग : अंक तालिकामा माथि उक्लिँदै आर्सनल

प्रिमियर लिग : अंक तालिकामा माथि उक्लिँदै आर्सनल


काठमाडौं ।

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले शीर्ष स्थानमा रहेको लिभरपुलसँग अंक दूरी कम गरेको छ। मंगलबार राति भएको खेलमा नटिङघम फरेस्टलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पष्ट ३ अंक जोडेपछि आर्सनलले अंक दूरी २ मा झारेको हो।

शीर्ष स्थानको लिभरपुल ४८ अंक रहेको छ भने आर्सनलको ४६ अंक रहेको छ। तर लिभरपुलले एक खेल कम (२१) मात्र खेलेको छ। मंगलबार राति आर्सनललाई जिताउन ग्याब्रिएल जेसस ६५ औं र बकायो साकाले ७२ औं मिनेटमा एक–एक गोल गरेका थिए।

नटिङघमका लागि टाइवो अवोनियीले ८९ औं मिनेटमा फर्काएको १ गोल सान्त्वनामा परिणत भयो। आर्सनलसँग पराजित भएको नटिङघम १६ औं स्थानमा रहेको छ। प्रिमियर लिगकै अन्य खेलमा न्युक्यासल युनाइटेडले एस्टन भिल्लालाई ३–१ गोल अन्तरले पराजित गर्दा क्रिष्टल प्यालेसले सेफिल्ड युनाइटेडर्ला ३–२ गोलले स्तब्ध बनायो।

यसैगरी लुटनले ब्राइटनमाथि ४–० गोलको एकतर्फी जित दर्ता ग्र्दा फुलह्याम र एभर्टनले भने गोलरहित बराबरी खेल्दै तालिकामा एक एक अंक लिएका छन्।