क्रिकेट विश्वकप लिग–२ आजदेखि, नेपालले नामिबियासँग खेल्दै

क्रिकेट विश्वकप लिग–२ आजदेखि, नेपालले नामिबियासँग खेल्दै


काठमाडौं ।

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ बिहीबारदेखि कीर्तिपुरमा सुरु हुँदैछ। २४ खेलको त्रिकोणीय शृङ्खलाको पहिलो खेलमा आयोजक नेपालबाहेक नामिबिया र नेदरल्यान्ड्स सहभागी हुँदैछन्। यो प्रतियोगिताले टोलीहरूलाई एकदिवसीय विश्वकप २०२७ को छनोट चरणमा लैजानेछ।

आठ टोलीको लिगमा क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका अन्य टोलीले विश्वकप छनोटअघि १४४ खेल खेल्नेछन्। अघिल्लो विश्वकप छनोट चक्रको आधारमा टोलीहरूलाई विश्वकप लिग–२ र क्वालिफायर प्ले–अफमा स्थान दिइएको थियो।

लिग–२ बाट शीर्ष चार टोलीहरू विश्वकप छनोटमा पुग्नेछन्, जसमा क्वालिफायर प्ले–अफमा आएका चार टोलीहरू, साथै आईसीसी एकदिवसीय रैंकिंगको आधारमा छनोट हुन नसकेका टोलीहरू समावेश हुनेछन्।

लिग २ को पहिलो सिरिजका लागि नामिबिया र नेदरल्याण्ड्स यतिबेला काठमाडौंमा रहेका छन्। नेपालले पहिलो खेलमा विहीबार नामिबियासँग खेल्ने छ। यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान साढे ९ बजे सुरुहुने छ। एक दिवसीय वरियता जोगाउनका लागि महत्वपूर्ण लिग–२ भएकाले यसलाई कम नआँक्ने नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले बताएका छन्। उनले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्ने बताए।

एक दिवसीय वरियता जोगाउने अघिल्लो संस्करणमा नेपालले पछिल्ला १२ मध्य ११ खेल जित्दै अविश्वसनीय प्रदर्शन गरेको थियो।