काठमाडौं । दीपेन्द्र केसीको निर्देशनमा वृत्तचित्र ‘पचेडा’ तयार भएको छ। वृत्तचित्रमा जंगलमा बस्दै आएका चेपाङको जीवनशैलीलाई समेटिएको छ। एक समय म्यूजिक भिडियोमा व्यस्त बनेका दीपेन्द्रले ओस्कर कलेजबाट फिल्म निर्देशनमा पास आउट गरेका छन्। मनहरी गाउँपालिका वडा नम्बर ४ का सदस्य विष्णुबहादुर प्रजाको सहयोगमा यो वृत्तचित्र तयार पारेका हुन्। उनले वृत्तचित्रमा चेपाङ जङ्गलमै किन बसिरहेका छन्…