टी–२० विश्वकप : अफगानिस्तान ५६ रनमा अल आउट

टी–२० विश्वकप : अफगानिस्तान ५६ रनमा अल आउट


काठमाडौँ ।

आईसीसी टी २० विश्वकपको फाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको झिनो लक्ष्य दिएको छ। बिहीबार टारोउबामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ११.५ ओभरमा मात्र ५६ रन बनाएर अलआउट हुन पुग्यो।

अफगानिस्तानका अज्मतुल्लाह ओमरजाईले १० रन जोडे । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। अफगानिस्तानलाई सस्तोमा रोक्न दक्षिण अफ्रिकाका मार्को यानसन र तबरेज साम्सीले समान तीन –तीन विकेट लिए । यस्तै, कगिसो रबाडा र एनरिक नोर्ट्जे समान दुई विकेट रह्यो।

यानसनले ३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिँदा कगिसो रबाडाले ३ ओभरमा १ मेडनसहित जम्मा १४ रन दिए। नोर्कियाले ३ ओभरमा ७ रन खर्चदा शाम्सीले १।५ ओभरमा ६ रन दिए।

प्रतियोगितामा दक्षिण अफ्रिका सुपर–८ को समूह–२ को विजेताका रुपमा सेमिफाइनल आएको हो। अफगानिस्तान भने समूह–१ को उपविजेता हो। आजको खेलमा जित निकाल्ने टिमले विश्वकपको उपाधिका निम्ति भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ।