काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी सुरुआत गरेको छ। ब्रिजटाउनमा बिहीबार भएको खेलमा अस्ट्रेलियाले एशोसिएट राष्ट्र ओमानलाई ३९ रनले पराजित गरेको हो। अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२५ रन बनायो। ओमानका आयान खानले ३६ रनको पारि खेले। उनले ३० बलमा दुई छक्का र दुई चौका प्रहार…