काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ। नेपालकै समूह डीमा रहेको दक्षिण अफ्रिकाले श्रीलंकामाथि ६ विकेटको जित दर्ता गरेको थियो। ‘लो स्कोरिङ म्याच’मा जित निकाल्न दक्षिण अफ्रिकालाई संघर्ष भने गर्नु परेको थियो। पहिला ब्याटिङ गरेको श्रीलंकाले १९.१ ओभरमा सबै विकेट गुमाएर ७७ रनमा समेटिएको थियो। यो टी–२० मा श्रीलंकाको सबैभन्दा…