टिएनसिएको अध्यक्षमा दोहोरिए कमल भण्डारी, अन्य पदमा को-को चुनिए

टिएनसिएको अध्यक्षमा दोहोरिए कमल भण्डारी, अन्य पदमा को-को चुनिए


तास्मानिया,अष्ट्रेलिया । तास्मानिया नेप्लिज क्रिकेट एसोसियसन (टिएनसीए) को अध्यक्षमा कमल भण्डारी दोहोरिएका छन्। आइतबार मुनाको एमकोर्ट हलमा भएको टिएनसिएको चौथो साधारण सभाले भण्डारीलाई पुनः अध्यक्षमा सर्वसम्मतिले चयन गरेको हो। 

साधारण सभाले निर्वाचित गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा बिकास सेढाई, सचिवमा प्रज्वल ढकाल, कोषाध्यक्षमा सुजन ढुङ्गेल, जनसम्पर्क अधिकारीमा मिलन पौडेल, सदस्यहरूमा दिलीप चुँडाल, सरोज अर्याल, पुनम भट्टराई र अनीश सागर साह रहेका छन्। सर्वसम्मतिमा भएको निर्वाचन समितिको निर्वाचन अधिकृतमा खगेन्द्र सत्याल रहेका थिए भने सदस्यमा राजीव ओझा र रोहित बस्नेत रहेका थिए। 

साधारण सभामा अध्यक्ष भण्डारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले टिएनसिएले गरेका कामहरुको विवरण प्रस्तुत गर्दै भावी योजनाका बारेमा पनि कार्यपत्र प्रस्तुत गरेका थिए। कमल भण्डारीको अध्यक्षतामा भएको साधारण सभामा ग्रेस इन्टरनेस्नल एजुकेसन एण्ड माइग्रेसन तास्मानियाका निर्देशक द्वय राज किरण अधिकारी, बिकेन्द्र सापकोटा, टिएनसिएका सल्लाहकार बाबु न्यौपाने, प्रकाश उप्रेती, नेपाली सोसाईटी अफ तास्मानियाका अध्यक्ष संसारराज चिमोरिया, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा तास्मानिया राज्यका संयोजक जगदिश खड्का, नेप्लिज तास्मानिया स्पोर्टस् एसोसियसनका अध्यक्ष विष्णु सापकोटा, फिनेका अध्यक्ष कृष्ण सुवेदीकोलगायत नेपाली संघ संस्थाका पदाधिकारी, समाजसेवी, पत्रकारलगायतको उपस्थिति रहेको थियो। 

आइतबार सम्पन्न साधार सभाले टिएनसीएमा महत्वपुर्ण योगदान पुर्याउने व्यक्तित्व मिलन पौडेललाई टिएनसीए स्टार अवार्डबाट सम्मान गर्ने निर्णय गरेको छ। 

अध्यक्ष भण्डारीले फेरी टिएनसीएलाई अगाडी बढाउने जिम्मेवारी पाउँदा निकै नै खुसी भएको बताएका छन्। उनले थप नयाँ योजनाका साथ टिएनसीएको गरिमालाई उच्च बनाउन लागि पर्ने प्रतिबद्धता जनाए। एक सय अष्ट्रेलियन डलर तिरेमा टिएनसिएको आजिवन सदस्य बन्न पाउने प्रावधान साधारण सभाले पारित गरेको छ, उनले भने। तास्मानियामा रहेका क्रिकेट टिमहरुलाई समेटेर तीन–चार महिनासम्म चल्ने लिग चरणको प्रतियोगिता आयोजना गर्ने आफ्नो योजना रहेको उनले केबीसीलाई बताए। क्रिकेट खेलाडीको क्षमता अभिवृद्धिका लागि कोचिङ तथा अभ्यासको व्यवस्था मिलाइने भन्दै तास्मानियामा आएका नयाँ विद्यार्थीलाई क्रिकेट खेलाप्रति आकर्षण गर्न केही नयाँ कार्यक्रम ल्याइने बताए। 

टिएनसीए २०१९ मा तास्मानियामा रहेका नेपालीहरूले स्थापना गरेको संस्था हो। यसले तास्मानियामा रहेका नेपाली क्रिकेट क्लब र क्रिकेट खेलाडीको वृद्धि विकासको लागि विभिन्न कार्य गर्दै आएको छ।