काठमाडौँ । भारतको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा राहुल द्रविडले निरन्तरता पाउने भएका छन्। भारतीय क्रिकेट बोर्डले उनको करार अनिश्चित कालका लागि लम्ब्याउने निर्णय गरेको हो। द्रविडको करार सम्झौता एक दिवसीय विश्वकपसम्मलाई मात्र रहेको थियो। द्रविडले कम्तीमा २०२४ को जूनमा हुने टी–२० विश्वकपसम्म टिम सम्हाल्नेछन्। उक्त विश्वकपमा भारतले गर्ने प्रदर्शनका आधारमा थप निर्णय लिइने बताइएको…