मेलबर्न, अष्ट्रेलिया । नेपाली राष्ट्रिय क्रिकेटका स्टार व्याट्सम्यान कुशल भुर्तेललाई मेलबर्नमा सम्मान गरिएको छ । भिक्टोरियन नेप्लीज क्रिकेट एशोसिएसन, न्याभ र एनआरएनले संयुक्त रुपमा उनलाई १५ सय डलर नगद पुरस्कारसहित सम्मान गरेका हुन् । अष्ट्रेलियाको एक स्थानीय क्रिकेट क्लबबाट खेल्न यहाँ आइपुगेका उनी आगामी जनवरी १५ तारिख स्वदेश फर्कदैछन् । खेल सकाइसकेका कुशललाई अष्ट्रेलियाका विभिन्न…