काठमाडौं ।
एएफसी एशियन कप फुटबलमा इरानले शानदार जित निकालेको छ। आइतबार राति भएको खेलमा इरानले प्यालेस्टाइनलाई ४–१ गोल अन्तरले पराजित गरेको हो। कतारमा जारी प्रतियोगितामा इरानका करिम अन्सारीफर्दले दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए।
१२ औं मिनेटमा शोजा खलीलजादेहले गोल गरेपछि इरानले अग्रता दोब्बर बनाएको थियो। मेहदी अब्दोलहामिद घयेडीले ३८ औं मिनेटमा गोल गरेपछि इरान एकतर्फीरुपमा अगाडि बढको थियो। पहिलो हाफको अतिरिक्त छैटौं मिनेटमा प्यालेस्टाइनका तमर मोहम्मद सेयमले गोल गरेपछि अन्तर ३–१ मा आएको थियो।
सरदार अजमौनले ५५ औं मिनेटमा गोल गरेपछि इरान ४– १को फराकिलो जित निकाल्न सफल भयो। समूह सीकै अर्को खेलमा युएईले हङकङमाथि ३–१ को जित निकालेको छ। युएईले जित निकाल्दा २ गोल पेनाल्टीबाट भएको थियो। भने हङकङले अन्त्यतिर गरेको गोल भारले मान्यता नदिँदा खेल रोमाञ्चक बनेको थियो।
यो समूहमा इरान र युएईले स्पष्ट ३ अंक जोड्दै शीर्ष २ स्थानमा रहेका छन्। हङकङ र प्यालेस्टाइनले अंक जोड्न सकेका छैनन्।
यस्तै समूह डीमा रहेको जापानले भियतनामलाई ४–२ गोल अन्तरले पराजित गरेको छ। प्रतियोगिता अन्तर्गत सोमबार नेपाली समय अनुसार राति सवा ८ बजे समूह डीका इन्डोनेशिया र इराक भिड्ने छन्। यसैगरी समूह ईका कोरिया र बहराइनले सवा ५ बजे खेल्दा राति सवा ९ बजे मलेसिया र जोर्डन आमने सामने हुने छन्।
प्रतिक्रिया