पोर्न सिने उद्योग छाडेर बलिउडमा आएकी सनी लियोनी अब रेष्टुरेन्ट व्यवसायी

पोर्न सिने उद्योग छाडेर बलिउडमा आएकी सनी लियोनी अब रेष्टुरेन्ट व्यवसायी


मुम्बई ।

पोर्न सिने उद्योगलाई छाडेर बलिउडको अभिनयमा स्थापित अभिनेत्री सनी लियोनी अब व्यवसायी भएकी छन्। उनले भारतको नोएडास्थित गुलशन वन २९ मा सिंगिङ बाउल्स हस्पिटालिटीका साहिल बावेजाका साथ मिलेर ‘चिका लोका बाय सनी लियोनी’ रेष्टुरेन्ट सुरु गरेकी छन्।

‘चिका लोका त्यो स्थान हो, जहाँ मानिसहरु आफूलाई ग्ल्यामरमा डुबाउन सक्छन् र पूर्ण रुपले सहज महसुस पनि गर्न सक्छन्। म देखाउन चाहन्छु कि पाहुनाहरु आफ्नो मनपर्ने कलाकार र कक्टेलसँग इन्जोय गर्न सकुन्,’ सनीले भनिन्।

७ हजार वर्ग फुटमा फैलिएको शेफ वैभव भार्गवद्वारा सजाइएको फ्ल्यागशिप आउटलेटमा इन्डियन, एसियन, मेक्सिकन र इटालियन कुनिजको मिश्रणका साथ ग्लोबल फ्लेवर्स अफर गरिएको छ। यसका साथै पोशन्स बाय सनी लियोनीले उनको बलिउड र यात्राबाट प्रेरित युनिक ककटेल प्रस्तुत गर्दछ।

सनीको चिका लोकामा स्टेज, बार, र टेरेसका साथ एक शानदार भेन्यु छ, जुन निकै सुन्दर छ। गोवा, हैदराबाद र मुम्बईसम्म विस्तार गर्ने योजनाका साथ सनीको गेष्ट्रोनोमिक भेन्चर २२ जनवरीमा सुरु हुँदैछ।