अष्ट्रेलियाका डा. तिमिल्सिना एनआरएन आईसीसी कृषि समितिको संयोजक

अष्ट्रेलियाका डा. तिमिल्सिना एनआरएन आईसीसी कृषि समितिको संयोजक



मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाका कृषि विज्ञ डा. जगदीश तिम्सिनालाई गैरआवासीय नेपाली संघको सीप, ज्ञान र प्रविधि हस्तान्तरण विभागको कृषि समिति संयोजकमा नियुक्त गरिएकोमा कृषि, वन र वातावरण क्षेत्रमा अष्ट्रेलियामा नेपाली मूलका विज्ञहरुको संगठन नेप्लीज एशोसिएसन अफ एग्रिकल्चर, फोरेस्ट्री एण्ड ईन्भाइरोमेन्ट नेपाफीले विश्वभर रहेका नेपाली कृषि विज्ञहरुको लागि गौरवपूर्ण भएको जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै संस्थाले तिमिल्सिनालाई संयोजक नियुक्त भएकोमा सफल कार्यकालको शुभकामना दिँदै कृषि प्रधान देश नेपालमा आधुनिक कृषितर्फ समितिले योगदान दिने आशा व्यक्त गरेको छ । तिम्सिना उक्त संस्थाका संस्थापक अध्यक्ष हुन् । वर्तमान अध्यक्ष डा. एकिन्द्र तिमिल्सिनाले यो नियुक्ति संस्थाको लागि मात्र नभएर अष्ट्रेलियामा बस्ने सबैका लागि गौरवको कुरा भएको बताउँदै समितिमा रहेर काम गर्न ईच्छुकहरुलाई सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

डा. तिम्सिना हाल मेलबर्न, अस्ट्रेलियामा अवस्थित ग्लोबल एभरग्रीनिंग एलायन्समा वरिष्ठ फेलोको रूपमा कार्यरत हुनुहुन्छ भने सिड्नी, अस्ट्रेलियामा अवस्थित इन्स्टिच्युट फर स्टडी एन्ड डेभलपमेन्ट वर्ल्डवाइडका वरिष्ठ सल्लाहकार हुनुहुन्छ। त्यसैगरी उहाँ एल्सेवियरको एग्रिकल्चरल सिस्टम्स नामक जर्नलका सम्पादक पनि हुनुहुन्छ। डा. तिम्सिनाको कृषि क्षेत्रमा अनुसन्धान र प्रबन्धन अनुभव अस्ट्रेलिया, बंगलादेश, भारत, नेपाल, र फिलिपिन्स लगायत विभिन्न देशहरूमा फैलिएको छ।