‘पठान’ बाट छवि बदल्न चाहन्छन् शाहरुख

मुम्बई । अभिनेता शाहरुख खानलाई भलै बलिउडमा ‘रोमान्सको बादशाह’ भनिन्छ, तर यी अभिनेताको बलिउड यात्राको चाहना भने अलग थियो । ३२ वर्षअघि पहिलोपटक हिन्दी फिल्ममा पाइला चाल्दा उनी एक्सन हिरो बन्न चाहन्थे । यहीकारण उनले रिलिजको तयारीमा रहेको फिल्म ‘पठान’मा जासुसको भूमिका निभाएका छन् । र, यो उनका लागि एउटा सपना पूरा हुन लागेजस्तै हो…