काठमाडौं, १८ चैत (रासस) । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा सत्ता साझेदार दलहरुको गठबन्धन पक्षधर कानुन व्यवसायी र प्रमुख प्रतिपक्ष दल सम्बद्ध कानुन व्यवसायीबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।गठनबन्धन पक्षधरको नेतृत्व वरिष्ठ अविधक्ता गोपालकृष्ण घिमिरेले गर्नुभएको छ । उक्त समूहको नाम ‘वृहत लोकतान्त्रिक, प्रगतिशील, समावेशी तथा पेसागत कानुन व्यवसायी समूह’ छ, भने…