आज अष्ट्रेलियन डलरको रेट बढ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज अष्ट्रेलियन डलरको रेट बढ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलरको खरिदमूल्य ९१ रुपैयाँ १० पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ५२ पैसामा कारोबार भैरहेको छ । बुधबारको तुलनामा आज अष्ट्रेलियन डलरको मूल्य ४४ पैसाले बढेको छ ।

यस्तै अमेरिकी डलरको खरिद दर १२९ रूपैयाँ ६९ पैसा र बिक्री दर १३० रूपैयाँ २९ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ८८ पैसा र बिक्री दर १४१ रूपैयाँ ५३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ २६ पैसा र बिक्री दर १६१ रूपैयाँ ०१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५९ पैसा र बिक्री दर ३५ रूपैयाँ ६६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।