काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा बुधबार बसेको नगरसभाको ११ औं अधिवेशनले सो नीति तथा कार्यक्रम पारित गरेको हो। बैठकमा नगर सदस्य तथा जनप्रतिनिधिले नीति तथा कार्यक्रमप्रति आवश्यक सल्लाह, सुझाव राख्नुभएको थियो। महानगरप्रमुख बालेन्द्र साहले सबैको सल्लाहलाई समावेश गरिने प्रतिबद्धता…