आज कतिमा कारोबार हुँदैछ अष्ट्रेलियन डलर ?

आज कतिमा कारोबार हुँदैछ अष्ट्रेलियन डलर ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलरको खरिदमूल्य ८९ रुपैयाँ ७६ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ १८ पैसामा कारोबार भैरहेको छ । ।

यस्तै अमेरिकी डलरको खरिदमूल्य १२९ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य १३० रुपैयाँ १० पैसा, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ९१ पैसा तोकिएको छ ।

यसैगरी क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ १३ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५७ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९७ रुपैयाँ ९२ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३८ पैसा, जापानी येन १० को खरिदमा १० रुपैयाँ र बिक्रीमा १० रुपैयाँ ४ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६३ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ५२ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ६८ पैसा रहेको छ ।