बिहीबारबाट अनलाईनबाटै मतदाता नामावली दर्ता गर्न सकिने, औंठा छाप वडा कार्यालयमा

काठमाडौं । मतदाता नामावलीमा नाम दर्ता नगराएका नेपाली नागरिकले अब अनलाइन प्रविधिबाटै मतदाता नामावली दर्ता गराउन सक्ने भएका छन् । फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्यलाई सरलीकरण गर्दै निर्वाचन आयोगले बिहीबारदेखि अनलाइनबाट फाराम भरी मतदाता नामावली दर्ता गर्न सक्ने जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले वेवमा आधारित मतदाता नामावली दर्ता गर्ने…