प्रधानमन्त्रीलाई भेटेर सभामुखले भने : ‘संसद्‌ खुलाउन पहल गरिदिनुहोस्’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल सकिएको छ। शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच संसद्‌ खुलाउनेबारे छलफल भएको हो। 'सदन नचल्नु राम्रो भएन। माननीयहरुले बोल्न समय माग्नुभएको छ। प्राकृतिक विपत्तिलगायतका धेरै विषयमा माननीयहरुले बोल्न पाइनँ भन्नुहुन्छ। दलिय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन। आम जनताले पनि सदन अवरोधलाई…