प्रधानमन्त्रीलाई भेटेर सभामुखले भने : ‘संसद्‌ खुलाउन पहल गरिदिनुहोस्’

प्रधानमन्त्रीलाई भेटेर सभामुखले भने : ‘संसद्‌ खुलाउन पहल गरिदिनुहोस्’


काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल सकिएको छ। शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच संसद्‌ खुलाउनेबारे छलफल भएको हो।

‘सदन नचल्नु राम्रो भएन। माननीयहरुले बोल्न समय माग्नुभएको छ। प्राकृतिक विपत्तिलगायतका धेरै विषयमा माननीयहरुले बोल्न पाइनँ भन्नुहुन्छ। दलिय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन। आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन्। कम्तिमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस्’ सभामुख घिमिरेले भने ‘समितिको नेतृत्व चयन हुन सकेको छैन। संसदमा कानून निर्माण भएनन् भन्ने गुनासो छ। सभामुखको रुपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु। तर, परिणाममा निस्किन सकेन। शीर्ष नेताहरु नै घण्टौं बस्दा पनि सहमति भएन।’

‘म पनि सदन खुलाउन भूमिका खेल्छु। तपाईं पनि लाग्नुहोस्। छिट्टै सहमति गर्नैपर्छ। म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु’ प्रधानमन्त्री प्रचण्डले भने।