आज अष्ट्रेलियन डलरको रेट घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज अष्ट्रेलियन डलरको रेट घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर ८५ रुपैयाँ ७६ पैसा रहेको छ। बिहीबारको तुलनामा आज अष्ट्रेलियन डलरको रेट १४ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ७४ पैसा र बिक्री दर १३३ रूपैयाँ ३४ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ५० पैसा र बिक्री दर १४५ रूपैयाँ १५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ३१ पैसा र बिक्री दर १७० रूपैयाँ ०८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४१ पैसा र बिक्री दर ३६ रूपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।