नेवार समुदायको एक महिने गुँला पर्व शुरु, ठमेलमा शतसहस्रिका प्रदर्शन गरिने

काठमाडौँ । काठमाडौं उपत्यकामा बौद्ध धर्म अनुयायी नेवार समुदायको गुँला पर्व शुरु भएको छ। श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने गुँला पर्व शुरु भएको हो। नेपाल संवत्अनुसार दशौँ महिनालाई गुँला भनिन्छ। गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरुको उपकार गर्ने कामलाई जनाउने राजगुरुजु मञ्जुश्रीबज्र बज्राचार्य बताउँछन्। ‘यो पर्वका अवसरमा सक्नेले…