एनआरएनएको अध्यक्षमा विनय अधिकारीको उम्मेदवारी घोषणा

एनआरएनएको अध्यक्षमा विनय अधिकारीको उम्मेदवारी घोषणा


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा विनय अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। आगामी (२०२३–२५)को कार्यकालका लागि हाल संघको उपमहासचिव रहेका अधिकारीले अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन्।

लामो समयदेखि संस्थामा क्रियाशील रहँदै आएका अधिकारीले चाँडै आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्ने तयारीमा रहेको बताए। स्पष्ट वक्ताको रूपमा समेत चिनिने अधिकारीको अध्यक्ष उम्मेदवारीलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

नेपालमा दर्जनौँ व्यवसायमा आबद्ध रहँदै आएका अधिकारीले युकेबाट स्नातकोत्तर गरेका छन्। नेपालको गोरखा जिल्लामा जन्मिएका अधिकारी ग्लोबल गोरखा समाजको पूर्वअध्यक्ष र हाल संरक्षकसमेत हुन्।

एनआरएनए आगामी नेतृत्वका लागि डा.बद्री केसी, डा.केशब पौडेल, महेश श्रेष्ठ, डा.हेम राज शर्मा, रविना थापा, सुनिल शाह र राजेन्द्र कुमार शर्मा (आरके)लेले उम्मेदवारी घोषणा गरेका छन्।