बझाङ । बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो। प्रहरी टोली घटनास्थलमा गएको छ। बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन्। दुई जना उपचारपछि…