बझाङ केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प, विद्यालय भवन र घरहरू भत्किए

बझाङ केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प, विद्यालय भवन र घरहरू भत्किए


काठमाडौँ ।

आज दिउँसो २ बजेर ४२ मिनेट जाँदा बझाङमा भूकम्प गएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तलकोट केन्द्रविन्दु बनाएर पाँच दशमलव तीन रेक्टरको भूकम्प गएको हो।

भूकम्पले बझाङमा केही भवनहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। बझाङमा आज दुई पटक भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पले चैनपुर बजारकासमेत घरहरु भत्किएको त्यहाँका स्थानीयले बताएका छन्।

बझाङमा आज गएको भूकम्पले घरहरु भत्किएको प्रारम्भिक विवरण प्राप्त भएको छ। भूकम्पको केन्द्रबिन्दू तालकोट र चैनपुर बजारका अधिकांश घरमा क्षति पुगेको बताइएको छ।

पहिलो भूकम्प तालकोट गाउँपालिका र दोस्रो चैनपुर केन्द्रविन्दु भएर गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४० मिनेटमा ५।३ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि ३ बजेर ६ मिनेटमा ६।३ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पले बाल विकास माविको भवन भत्काएको छ। चैनपुर बारलगायत अन्य गाउँका घरसमेत भत्काएको छ।